स्थानीय तह
धरान–१ मा कांग्रेसको प्यानल नै विजयी
धरानः धरान उपमहानगरपालिकाको वडा नम्बर १ को अन्तिम मत परिणामअनुसार नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।
वडाध्यक्षमा यज्ञमणि आचार्य ७५७ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी निवर्तमान वडाध्यक्ष राप्रपाका रोशन अधिकारीले ७०३ मत प्राप्त गरेका छन् । कांग्रेसबाट टिकट नपाएपछि अधिकारी राप्रपामा प्रवेश गरेर उम्मेद्वार बनेका थिए ।
सो वडामा नेकपा एमालेका सुमन श्रेष्ठले १७७ र स्वतन्त्र उम्मेद्वार बिहानसिंह श्रेष्ठले ४७ मत प्राप्त गरेका छन् ।
वडा सदस्यतर्फ महिला सदस्यमा रहिसा कसजूले ८८९ मत, दलित महिला सदस्य रीता सुन्दासले ८६०, खुल्ला सदस्य विनोद मानन्धरले ७८१ र उज्ज्वल बास्तोलाले ६९६ मत प्राप्त गरेर विजयी भएका छन् ।
३१५० मतदाता रहेको सो वडामा १९३२ मत खसेको थियो ।
Facebook Comment
Banner
विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्यो सुन्दरहरैचा नगरपालिका
विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्यो सुन्दरहरैचा नगरपालिका
सुन्दरहरैंचा
सुन्दरहरैचा नगरपालिकाले मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना अनुसार स्थानीय विपद् व्यवस्थापन समितिको बैठक सुन्दरहरैचा नगरपालिकामा आइतबार सम्पन्न गरेको छ । नगर प्रमुख केदारप्रसाद गुरागाईको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले विभिन्न निर्णयहरु गर्दै सुन्दरहरैचालाई विपद्को समयमा बचाइ राख्न विशेष योजना अघि सारेको छ ।
१. बैठकबाट विपद् सहायता केन्द्र स्थापना गर्ने,
२. विपद्को अवस्था, पूर्व तयारी, विपद् सम्बन्धी विशेष सहजीकरण गर्न २४ सै घण्टा सेवा प्रवाह गर्न विपद् व्यवस्थापन सम्पर्क व्यक्तिको रुपमा वासुदेव अधिकारीलाई तोकेको छ ।
३. विपद् व्यवस्थापनका लागि आवश्यक सामाग्री व्यवस्थापन गनर्,े
४. विपद् पूर्व तयारीका लागि खोला , खोल्सी, बाटाहरुमा अव्यवस्थित रहेका सामग्री हटाउने,
५. सुन्दरहरैचाभित्र रहेका संकटासन्न क्षेत्र ( विपद्को जोखिम क्षेत्र) पहिचान गरी सचेतनाका कार्यक्रम संचालन गर्ने
६.सुन्दरहरैचा वडा नं. ३ आगोलागीबाट क्षति भएको परिवार र वडा नं ४ हुरीबतासबाट क्षति भएको परिवारलाई कानूनमा व्यवस्था भए अनुसार आवश्यक सहयोग गर्ने ,
७. विपद्को समयमा उद्दार टिमलाई तयारी अवस्थामा राख्न भू.पू. सैनिक, प्रहरी र वर्तमान प्रहरी प्रशासनलाई विशेष प्राथमिकतामा राख्ने साथै राहत सामग्री र पूर्नस्थापना गर्ने स्थानहरुको पहिचान गर्ने निर्णय बैठकले गरेको छ । सुन्दरहरैचाले विपद्को पूर्व तयारी र विपद्को समयमा सबै मिलेर सहयोग गर्न आग्रह गरेको छ ।
Banner
अल्वानियाले गर्यो युरोकै छिटो गोल, साविक विजेता इटलीको पुनरागमन जित
अल्वानियाले युरो इतिहासमै सबैभन्दा छिटो गोल गरेको खेलमा साविक विजेता इटलीले पुनरागमन जित निकाल्दै युरो २०२४ मा विजयी सुरुआत गरेको छ ।
समूह बी अन्तर्गत डर्टमण्डको सिग्नल इडुना पार्कमा भएको खेलमा इटलीका लागि बात्सोनी र निकोलस बरेलाले गोल गरे ।
त्यसअघि खेल सुरु भएको २३ सेकेण्डमा अल्वानियाका नेदिम बाजरामीले गोल गर्दै युरोमा सबैभन्दा छिटो गोल गर्नै कीर्तिमान राख्दै अग्रता दिलाएका थिए ।
उनले सन् २००४ मा रुसका दिमीत्री किरिचेन्कोले ग्रिसविरुद्ध ६७ सेकेण्डमा गरेको गोलको कीर्तिमान तोडेका हुन् । तर, अल्वानियाको अग्रता लामो समय टिकेन ।
११औं मिनेटमा अलेसान्द्रो बात्सोनीले इटलीका लागि बराबरी गोल फर्काए । त्यसको पाँच मिनेटपछि नै बरेलाले गोल गर्दै इटलीलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल नहुँदा इटलीले पुनरागमन जितसहित ३ अंक जोडेको हो ।
Banner
आज – ०२ आषाढ २०८१ आइतवार को राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला, साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । भक्ति र सेवा भाव बढेर जानेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सहकर्मीबाट विरोध आउन सक्छ । यात्रामा मालसामान पनि हराउन सक्छ, तर धनार्जनका नयाँ स्रोतहरू भने पत्ता लाग्नेछन् ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धार्मिक यात्रा रहनेछ । लामो समयपछि आफन्तसँग भेटघाट हुनेछ । शुभ कार्यमा सरिक भइने र शुभ समाचारले मन पनि प्रसन्न रहनेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा दुबिधा उत्पन्न हुनेछ । सरकारी निकायको भय रहनेछ, तर आर्थिक लाभ र सहयोग मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभ कार्यको काम अघि बढ्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्षप्रति आकर्षण बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज विद्यार्थीको पढाईमा मन नजान सक्छ । प्रेम जीवनमा पनि असमझदारी हुन सक्ने भएकाले विचार गर्नुपर्छ, तर शिक्षामा सफलता मिल्नेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । लाभदायक यात्रा पनि रहला ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू पनि अगाडि बढ्नेछन् ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । मन्दिरको दर्शन हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ, तर स्वास्थ्यमा सजगता अपनाउनु पर्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login